बाला, औँठि, महल, खै कुन्नि के पाएर गयौ
परायाको सिन्दुरले सिँउदो सजाएर गयौ ।
अपेक्षा यो पटक पनि गलत नै भयो मेरो,
बिदाई गर्दा दाजुले, तिमि लजाएर गयौ ।
छेक्दै थिएँ जिन्दगिको धिलपिल धिलपिल दिप,
हावा बनि आयौ छिनमै, प्याला निभाएर गयौ ।
दोष के दिउँ तिम्लाई बरु, धन्यवाद दिन सुहाउला
अप्ठ्यारो मै छोड्छन् आफ्नाले, बुझाएर गयौ ।
संसार अधिकारी | लालबन्दी १७, रानिगन्ज