पर्सा गाउँपालिकालाई दुव्र्यसनीमुक्त पालिका बनाउन ११ दिने अभियान सुरु

मलंगवा : सर्लाहीको पर्सा गाउँपालिकाले लागु औषध तथा दुब्र्यसनीमुक्त पालिका निर्माणका निम्ति बिभिन्न कार्यक्रम तथा निति निर्माण गर्ने भएको छ । पालिकाले ११ दिने अभियानको थालनी गर्दै बिहिवार एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।

देशको वर्तमान अवस्था र भारतसँग खुला सिमा जोडिएका मधेशका जिल्लाहरुलाई लक्षित गर्दै आफ्नो पालिकालाई लागुऔषध तथा दुब्र्यसनी मुक्त पालिका निर्माणका निम्ति अभियान थालिएको गाउँपालिका अध्यक्ष धिरेन्द्र कुमार यादवले बताउनुभयो । अभियान अन्तर्गत लागु औषध तथा र्दुव्यसनी तथा ट्राफिक नियमका सम्बन्धमा जनप्रतिनिधी, विभिन्न विद्यालयको प्रधानाध्यापक, विभिन्न प्रहरी चौकिका प्रमुख, स्वास्थ्यकर्मी, पत्रकारहरुसँग बिहिवार अन्तरक्रिया गरिएको थियो ।

११ दिनसम्म स्थानीयसहित अन्य सरोकारवालाहरुलाई यस्तै किसिमको अभिमुखीकरण प्रदान गरिने पर्सा गाउँपालिकाले जनाएको छ । लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि गाउँपालिकाले ५ सदस्यीय कमिटी गठन गरेको छ । जसले प्रत्येक टोल, बस्तीमा लागूऔषध दुव्र्यसनीमुक्त पालिका बनाउन अभियान संचालन गर्ने छ । गाउँपालिका अध्यक्ष रायका अनुसार दुव्र्यसनीकर्तालाई मनोपरामर्शकर्ता परिचालन गरेर दुव्र्यसनीको कूलतबाट मुक्त बनाउने प्रयास समेत हुने छ ।

अभियान अन्तर्गत सशस्त्र प्रहरी बेस क्याम्प संग्रामपुरका इन्चार्ज र प्रहरी चौकी पर्साका इन्चार्जले लागूऔषध दुव्र्यसनी तथा ट्राफिक नियमका बारेमा सचेतनामुलक प्रशिक्षण समेत प्रदान गर्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

२०७९ मंसिर १२, सोमबार १०:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते