जग्गाको विवादमा कुटपीट हुँदा सर्लाहीमा एक बृद्धाको मृत्यु

लालबन्दी : सर्लाहीको चक्रघट्टा गाउँपालिका –२, भेल्हिमा जग्गाको विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको घटनामा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो ।

प्रहरीले कुटपीटमा संलग्न सागर देवीकै देवर ६५ वर्षीय पुकार रायलाई नियन्त्रणमा लिएको जनाएको छ । पुकारका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनितादेवी राय फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

पुकार, छोरा जितेन्द्र र बुहारी अनिता मिलेर सागर देवीमाथि कुटपीट गरेको स्थानीयले बताएका छन् । घटना लगत्तै प्रहरीले पुकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मलङ्गवा ल्याएको छ ।

पुकार र उहाँका दाइबीच जग्गाको विषयमा पुरानो विवाद रहेको बुझिएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

माईला दाईलाई सांसद लुंगेलीको न्यानो भेट

२०७९ पुष २६, मंगलवार १७:२२ गते
निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

२०७९ कार्तिक २९, मंगलवार ११:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते