रोकि राखेको ट्रकमा मोटरसाईकल ठोक्किएर हरिवनका २ जनाको मृत्यु

लालबन्दी । रोकि राखेको ट्रकमा मोटरसाईकल ठोक्किएर हरिवनका २ जनाको मृत्यु भएको छ ।

बिहिवार राति साँढे ९ बजेको समयमा लालबन्दी नगरपालिका १७ कालिन्जोरमा बिग्रिएर रोकि राखेको ट्रकमा सोहि दिशाबाट आएको मोटरसाईकल ठोक्किएको थियो । पुर्व पश्चिम लोकमार्गस्थित सडकछेउमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर०६ जिडि३१४१ नम्बरको बिग्रिएर रोकिराखेको ट्रकमा सोहि दिशाबाट आएको प्रदेश २–०३–००४ प ३५५ को होण्डा साईन मोटरसाईकल ठोक्किएको थियो ।

सो दुर्घटनामा परि हरिवन ११ का बर्ष २८ का मुकेश कुमार गुप्ता र सोहि ठाउँका बर्ष ३५ का सुनिल कुमार गुप्ताको मृत्यु भएको छ । टाउकोमा चोट लागी गम्भिर घाईते भएका मोटरसाईकल चालक मुकेशलाई उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसैगरि पछाडि सवार सुनिललाई उपचारका लागी जनसेवा अस्पताल बर्दिवास लगिएकोमा त्यहाँका चिकित्सकले मृत्यु भईसकेको बताएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मदन थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

२०७९ फाल्गुन २३, मंगलवार १०:४३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते