भीमफेदीको जुरीखेतमा दुर्घटना, ७ जनाको मृत्यु

भीमफेदी, ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ जुरीखेतमा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने एक जनाको अस्पतालमा मृत्यु भएसँगै कुल मृतकको संख्या हालसम्म सात जना पुगेको हो ।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको मिनि बस जुरीखेतमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान अझै अुल्न नसकेको बताइएको छ । अहिले प्रहरीले बसमा सवारी यात्रुहरूको सूची भने तयारी पारेको छ । बसमा २५ जना सबार थिए ।
बसमा कोको सवार थिए? हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया