धिरोज रायले आफ्नो जन्मदिन बालमन्दिरमा मनाए

लालबन्दी : समाजसेवी युवा एवं सरसफाई अभियन्ता युवा धिरोज रायले आफ्नो जन्मदिन बालमन्दिरमा मनाएका छन ।

मंगलवार परेको आफ्नो जन्मदिनमा रायले बालमन्दिरका बालबालीका तथा सांसद कौशल किशोर राय, जिल्ला समन्वय समितीका प्रमुख कौशल किशोर सिंह लगाएतका अतिथीहरुलाई मिष्ठान्न भोजन गराउँदै जन्मदिन मनाएका हुन । समाजसेवामा रुचि राख्ने र बिभिन्न सामाजिक काममा समेत अग्रणी भुमिकामा देखिने रायले जन्मदिनलाई बिशेष बनाउने उद्देश्यले बालमन्दिरमा मनाएको बताए ।

मन्दिरका बालबालीकालाई मिष्ठान्न भोजन गराउँदै आफ्नो जन्मदिन मनाउन पाएकोमा आफुलाई खुसि लागेको उनले बताए । पछिल्लो समय होटल, रेष्टुरेन्टहरुमा साथीभाई भेला गरि खान पान गरि जन्मदिन मनाउने परिपाटी बिकाश भईरहेको अवस्थामा रायले समाजसेवा गर्दै जन्मदिन मनाएका हुन ।

रायले आफ्नो जन्मदिन तथा जनशक्ति युवा क्लबको दोस्रो वार्षिक उत्सव एकैसाथ परेकोले दुबै समारोहलाई समेट्दै बालमन्दिरमा मिष्ठान्न भोजन गराएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया