सरकारले ल्याएको अध्यादेशबाट अफताब आलम पनि छुट्न सक्ने

काठमाडौं : रेशम चौधरीलाई लक्षित गरी ल्याइएको अध्यादेशबाट अरु गम्भीर प्रकृतीका मुद्दा खेपिरहेका व्यक्तिसमेत छुट्न सक्ने सम्भावना देखिएको छ ।

बम बिष्फोटका घाइतेलाई इट्टा भट्टामा जलाउने कांग्रेस नेता अफताब आलमलाई समेत देउवा सरकारले छुटाउन खोजेको आशंका व्यक्त भएको छ ।

तीन वर्षअघि देउवाले आलमलाई ओली सरकारले फसाएको भन्दै उनको पक्षमा सार्वजनिक रुपमा बोलेका थिए । यद्यपि, सरकारमा गएपछि उनले केही बोलेका छैनन् । तर, अहिलेको अध्यादेशले राजनीतिक आवरण दिएर जस्तोसुकै गम्भीर प्रकृतीको मुद्दा पनि फिर्ता गराउन सक्ने भएकाले आलमले पनि चलखेल सुरु गरिसकेका छन् ।

हाल नख्खु कारागारमा रहेका आलमलाई भेट्न कांग्रेसका केन्द्रीय नेताहरू जाने गरेका छन् । ती नेताहरू आलमलाई छुटाउन सक्रिय छन् ।

आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा विचाराधीन छ । सबै प्रक्रिया पूरा भएर पनि फैसला हुन सकेको छैन ।

२०६४ को संविधान सभा निर्वाचनको अघिल्लो दिन आलमले बम बनाउन भारतबाट केही व्यक्ति झिकाएका थिए । काकाको घरमा बम बनाउने क्रममा बिष्फोट हुँदा केहीको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।

घाइतेहरूबाट घटनाको पोल खुल्न सक्ने भएकाले केहीलाई भारत लगेका थिए भने गम्भीर घाइतेलाई आफ्नै इट्टा भट्टामा जलाएर हत्या गरेका थिए । निर्वाचनमा बम पड्काई मतदाता तर्साएर चुनाव जित्न उनले बम बनाउन लगाएका थिए ।

घटनालगत्तै प्रहरीमा उजुरी परे पनि दबाबका कारण अनुसन्धान हुन सकेको थिएन । १२ वर्षअघि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो । यो बीचमा साक्षीहरूलाई आफ्नो पक्षमा पार्नेदेखि अदालतमा अप्रत्यक्ष रुपमा दबाब दिने काम उनले गर्दै आएका छन् । सरकारको अध्यादेशले उनी पनि हौसिएका छन् । दृष्टिन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते