सर्लाहीकाे रामपुरमा मधेश प्रदेशस्तरीय फुटबल हुने

लालबन्दी । सर्लाहीकाे इश्वरपुर नगरपालिकामा मधेश प्रदेशस्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुने प्रतियोगिता फागुन ७ देखि सुरु हुनेछ ।

सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रोजित केसीका अनुसार मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट गरी सबै ८ जिल्लाको सहभागिता रहने छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित रामपुर मैदानमा हुने प्रतियोगिता विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया