लालबन्दी जेसिजको आयोजनामा ‘क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न

सर्लाही, असार २३ : लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले नगरका ऐलानी जग्गा भएकालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरि ढुक्कसँग निदाउन सक्ने वातावरण निर्माण गर्ने आफ्नो चाहना रहेको बताउनु भएको छ । शनिबार बिहान लालबन्दी जेसिजको आयोजनामा युनाइटेड होटेलमा भएको क्षमता बिकास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले त्यस्तो बताउनु भएको हो ।

उहाँले जनप्रतिनिधिको रुपमा निर्वाचित भएको १ बर्ष पुगिसकेको स्मरण गर्दै नगरलाई समृद्ध बनाउनका निम्ति आफुले सक्दो प्रयत्न गर्ने बताउनु भयो । आफुले बनाएको योजनालाई बुँदागत रुपमा प्रस्तुत गर्नुभएका मेयर अधिकारीले नगरमा प्राबिधिक धारको शिक्षाको आवश्यकता महसुस गरि कृषि क्याम्पसलाई यहाँ ल्याउनका निम्ति पहल गरेको, १५ बेडको नगर अस्पताल, १६ बेडको सरुवा रोग अस्पताल निर्माणको काम अघि बढाएको बताउनु थियो ।

लालबन्दीलाई युवा मैत्री नगर बनाउनका निम्ति युवा परिषद गठन गर्ने र लालबन्दीमा रंगशाला निर्माण गर्ने कार्यलाई समेत प्राथमिकतामा राखिएको बताउनु भएका मेयर अधिकारीले जिल्लाकै ठुलो र भौगोलिक रुपमा समेत सुगम र दुर्गम दुबै भुभाग रहेको नगरलाई उत्तर र दक्षिण जोड्नका निम्ति लालबन्दी चक्रपथ निर्माण गर्ने योजना रहेको सुनाउनुभयो ।  जिल्लाकै दक्षिणी क्षेत्र त्रिभुवन नगरबाट उत्तर लालबन्दी, पत्थरकोट, भालुखोप हुँदै सिन्धुलीको दुम्जासम्म ट्र्याक खोल्नका निम्ति काम थालेको बताउँदै मेयर अधिकारीले मरिण डाईभर्सनको पानीलाई नगरको उत्तरी क्षेत्रमा सिचाइको ब्यबस्था मिलाउने प्रयत्न गरेको र सो भेगलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरि त्यहाँका स्थानीयको जीवनस्तर उकास्ने योजना रहेको बताउनु भयो ।

नगरपालिकाको आर्थिक सहयोगमा संचालित कार्यक्रममा राजदुत समेत रहेका महेश दाहालले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको लालबन्दी जेसिस बर्ष २०२३ का अध्यक्ष ठाकुरप्रसाद बख्रेल (मनोज) ले जानकारी दिनुभयो ।

मिस नेपाल २०१० की फस्ट रनर अप साहाना बज्राचार्य सह–प्रशिक्षक रहेको “रुपान्तरण र शशक्तिकरण, लालबन्दी जेसिसको अभियान उन्नत र सवल नेतृत्व, लालबन्दी नगरको मुख्य पहिचान” भन्ने उद्गारलाई आत्मसाथ गर्दै लालबन्दी जेसिजद्वारा आयोजना गरिएको सवलिकरण र शशक्तिकरणका लागी नेतृत्व विकास, नेतृत्व र ब्यक्तित्व विकासका लागी ‘क्षमता अभिवृद्धि कार्यक्रम’मा बिभिन्न क्षेत्रका २५० बढिको सहभागीता रहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते