सर्लाहीमा थुनुवालाई ज्याकेट अनिवार्य

मलंगवा : सर्लाही प्रहरीले विभिन्न आरोपमा पक्राउ गरेका थुनुवाको पहिचान गर्नका लागि ज्याकेट अनिवार्य गरेको छ ।

म्याद थप तथा अदालतमा बयान गराउन जाँदा प्रहरी नियन्त्रणबाट उम्कन नदिन र भागिहालेमा पहिचान गर्न सजिलोका लागि रातो रङको ज्याकेट अनिवार्य गरिएको हो । जिल्ला प्रहरी कार्यालयसहित मातहतका ६१ युनिटबाट अनुसन्धानका लागि पक्राउ परेका थुनुवा भाग्न खोजे सहज तरिकाले पहिचानका लागि प्रहरीले ज्याकेट अनिवार्य गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले प्रस्ट पारे ।

मुद्दा चल्ने जिल्ला प्रहरीसहित ६ ईलाका प्रहरी कार्यालयबाट अदालतमा थुनुवा लैजाँदा ज्याकेट अनिवार्य गरेको बताए । उनका अनुसार अदालतमा थुनुवालाई हत्कडी लगाउन नमिल्ने भएकाले भिडभाडमा लुक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै टाढैबाट थुनुवाको पहिचान गर्न सजिलो हुन्छ ।

यसअघि जिल्ला प्रहरी कार्यालयले सेवाग्राही तथा पीडितलाई सहयोग पुग्ने उद्देश्यले मूलगेटमा भीआर टिम परिचालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते