बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौं : सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच साढे २ घन्टाभन्दा बढी छलफल भएको थियो।

सो छलफलपछि संचारकर्मीसँग कुरा गर्दै मल्लले बिहीबार पुनः बालुवाटारमा छलफल हुने बताएका थिए। आजको बैठकबाट मन्त्रालय भागवण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ। साथै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने छ।

प्रधानमन्त्री प्रचण्ड बुधबार साँझमात्र सरकारी निवास बालुवाटार सरेका हुन्। उनी बालुवाटार सरेपछि आज पहिलोपटक सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

महान् फुटबलर पेलेकाे निधन

महान् फुटबलर पेलेकाे निधन

२०७९ पुष १५, शुक्रबार ०७:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते