लालबन्दी, असार १६ : सर्लाहीको लालबन्दी नगरपालिकाको वडा नम्बर ८ का ४० घरधुरी बिपन्न परिवारलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ ।
वडा नम्बर ८ को वडा कार्यालयले बिपन्न परिवार पहिचान गरि उनिहरुको जीवनस्तर उकास्नका निम्ति उन्नत जातको बाख्रा वितरण गरेको वडाध्यक्ष शुक्र लामाले लिड खबरलाई बताउनुभयो । वडाका अन्य बिपन्न परिवारका लागी पनि यस्तै जीवनस्तर उकास्ने खालको कार्यक्रमहरु संचालन गर्दै जाने ८ नम्बर वडा कार्यालयले जनाएको छ ।
सडक कालोपत्रे, नाला ढलान, स्तरोन्नती जस्ता भौतिक निर्माणका काम मात्रै नगरि गरिव र निमुखा जनताको लागी पनि स्थानिय सरकारको अनुभुति गराउने योजना अनुरुप बिपन्नलाई उन्नत जातको बाख्रा वितरण गरिएको वडाध्यक्ष लामाको भनाई छ ।