‘क्रिस्मस डे’ को अबसरमा सर्लाहीमा पनि विभिन्न कार्यक्रम हुँदै

  • भक्ती रिजाल, हरिवन ।

इसाई धर्मावलम्बीहरुको महान पर्व ‘क्रिस्मस डे’ को अबसर पारेर सर्लाहीमा पनि विभिन्न कार्यक्रम गर्ने तयारी भइरहेको बताइएको छ ।

हरिवन नगरपालिका वडा नम्बर १० ताइवान टोलमा रहेको बिलिभर्स इस्टर्न चर्चले ‘क्रिस्मस डे’ को अबसर पारेर विशेष सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको चर्चका पास्टर बिष्णु राइले जानकारी दिए ।  संसारभरि मनाइने ‘क्रिस्मस डे’ को अबसरमा शान्ति  र प्रेमको सन्देश सबैमा पुगोस्  भनी प्रभु यसु खृष्टसंग प्रार्थना गरिएको अनन्त जीवन बस्ती बिकास चर्चका पास्टर जयराज चौलागाईंको भनाइ छ  ।

‘समस्त प्राणीको हितमा हाम्रो प्रार्थना रहने छ । हामी कसैप्रति भेदभाब गर्दैनौ, यो धर्तीमा सबैको कल्याण होस् भन्ने हाम्रो कामना हो ।’  चौलागाईंले भने ।

हरिवन नगरपालिकाभित्र रहेका १२ वटै चर्चमा ‘क्रिस्मस डे’ को अबसरमा प्रार्थना संगै सास्कृतिक कार्यक्रम गरिने पास्टर चौलागाईंको भनाइ रहेको छ ।

सोमबार भव्यताका साथ विश्वभरका इसाई धर्मका अनुयायीहरुले सौहार्दता र खुसियालीको चाड ‘क्रिसमस डे’ मनाउँदै छन । क्रिसमसका अवशरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ भने सम्भवतः सोमबार विश्वका धेरै देशमा सार्वजनिक विदा दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

२०८० चैत्र २३, शुक्रबार २२:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते