सुनको भाउ हालसम्मकै उच्च

सर्लाही । एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ ।

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ (मे २०) कै रेकर्ड तोड्न सकेको छैन । सो दिन अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४२६ डलर पुगेको सुन आज २३९१ मा छ । यहाँ जेठ १५ गते बजेटले सुनको भन्सार दर बढाएपछि जेठ २५ गते नै त्यसअघिका सबै रेकर्ड तोडिएको थियो ।

त्यस्तै चाँदीको भाउ आइतबार तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८७० रहेकोमा आइतबार १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

२०७९ माघ ११, बुधबार ११:५८ गते
घट्यो पेट्रोलियम पदार्थको भाउ

घट्यो पेट्रोलियम पदार्थको भाउ

२०८० श्रावण १, सोमबार ११:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते