इश्वरपुर र हरिपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

लालबन्दी : सर्लाहीको हरिपुर र बाँके जंगलमा भएको दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

शुक्रवार राति सवा दश बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जंगल स्थित पुर्व पश्चिम लोकमार्गमा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा धनुषाधाम नगरपालिका–३, बस्ने ३० बर्षका रोशन यादवको मृत्यु भएको हो । उनी सवार ना १ ब २५५६ नम्बरको सरकारी मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटनामा परेको थियो । सब-ईन्जिनियर यादव लालबन्दी नगरपालिकामा कार्यरत थिए ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

त्यसैगरि शुक्रवार राती ८ बजे हरिपुर नगरपालिका–८, जगतपुर स्थित मलंगवा–नवलपुर सडक खण्डमा भएको दुर्घटनामा साईकल यात्री हरिपुर–२ बस्ने ३५ बर्षका चक्रेश्वर चौधरीको ज्यान गएको हो । चौधरीलाई प्रदेश २–०३–००१ च २३९६ नम्बरको बालेरोले ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका उन्को प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक दुवैजनाको सव पोष्टमार्टमका लागि प्रेदशिक अस्पताल मलंगवामा राखिएको छ । दुर्घटनामा संलग्न दुवै सवारी र बोलेरो चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आजको राशिफल

आजको राशिफल

२०७९ भाद्र १३, सोमबार ०१:२६ गते
बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

२०७९ मंसिर १२, सोमबार १०:४८ गते
एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

२०७९ भाद्र १०, शुक्रबार १३:०३ गते
कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

२०८० असार ३, आईतवार १७:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते