सर्लाही प्रहरीद्वारा एकै दिन २०२ अपराधि जिल्ला अदालतमा पेस

लालबन्दी । सर्लाही प्रहरीले शुक्रबार एकैदिन २०२ जना फरार अपराधिलाई जिल्ला अदालतमा पेस गरेको छ ।

कुटपिट, जुवा तास, जालसाजी, डाका, चोरी, जबरजस्ति करणी र भ्रष्टाचार लगाएत अपराधमा संलग्न अपराधिहरुलाई सम्मानित जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवा र अन्य बिभिन्न युनिटहरुबाट खटिएका प्रहरीले पक्राउ गरेका अपराधिलाई एकै दिन अदालत बुझाइएको हो ।

बुझाईएकाहरु ५ दिन देखि साँढे ३ बर्षसम्म कैद र एक सयदेखि ३ लाख ६३ हजारसम्म जरिवाना गरिनुपर्ने रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया