हुलाकी राजमार्गको काम आउँदो असार १५ सम्म सक्ने प्रतिबद्धता

लालबन्दी : सर्लाहीको मलंगवामा मंगलबार सरोकारवाला तथा निर्माण व्यावसायिहरुको बैठक बसेर असार १५ सम्म हुलाकी राजमार्गको सम्पुर्ण काम सक्ने प्रतिबद्धता जनाईएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता एवं जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख कौशल किशोर प्रसाद सिंहको प्रमुख आतिथ्यमा बसेको हुलाकी राजमार्ग समन्वय बैठकले त्यस्तो प्रतिबद्धता जनाएको हो । बैठकमा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका आयोजना प्रमुख कृष्णकुमार महतो र ईन्जिनियर रंजितकुमार रायको समेत सहभागीता रहेको थियो । हुलाकी राजमार्ग निर्माण गर्ने विगतमा भएका सहमती अनुरुप निर्माण कार्य नभएको जनगुनासो, देखिएका समस्या लगायत शान्ति सुरक्षाको समबन्धमा समेत बैठकमा छलफल गरि निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।

बैठकमा विगतमा भएका निर्णयहरुको समिक्षा गर्नुका साथै हुलाकी राजमार्ग निर्माण सम्बन्धमा २०८० बैशाख महिना भित्र प्राइमको काम सक्ने र असार १५ गते भित्र कालोपत्र सहितको सम्पूर्ण काम सक्ने प्रतिबद्धता गरिएको छ । त्यसैगरी हुलाकी राजमार्गमा पर्ने विद्युतका पोलहरु विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले हटाउने, हुलाकी राजमार्ग पर्ने बस्ती, बजार क्षेत्रमा सडक र नाला निर्माण सम्पन्न नभएसम्म नियमित रुपमा सम्बन्धित निर्माण व्यवसायीले सडकमा पानी पटाउनेसमेत निर्णय भएको कम्प्युटर अपरेटर यादवले जानकारी दिनुभयो ।

बैठकमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुख र हुलाकी राजमार्गमा पर्ने पालिका प्रमुखको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते