बरहथवामा सत्ता गठबन्धनको बृहत चुनावी सभा सम्पन्न

लालबन्दी । सर्लाहीको बरहथवा नगरपालिका ७ स्थित गोरु बजारमा नेपाली कांग्रेसका पुर्व उप–सभापति एवं पुर्व उप–प्रधानमन्त्री विमलेन्द्र निधि लगाएत केन्द्रियस्तरका नेताहरुले सम्बोधन गरेका छन । शनिवार दिउँसो बृहत चुनावी सभालाई सम्बोधन गर्न निधिसहितका लोकतान्त्रीक बाम गठबन्धनका नेताहरु बरहथवा पुगेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता निधिले नेकपा एमाले मधेस विरोधी, राजावादी, प्रतिगामी, नेपाली नागरिकलाई नागरिकता बिहिन बनाउने, मधेसी, मुस्लिम, दलित, महिला, आदिबासी जनजातिका अधिकार खोस्ने, बेरोजगारी, अशिक्षा सृजना गर्ने र राष्ट्रिय स्वाधिनताको कुरा गरेर नेपाली नागरिकलाई नागरिकता नदिने पार्टी भएको दाबि गरेका थिए । उनले तानाशाहि प्रवृत्ति लाद्न खोज्ने एमालेलाई यसपालीको निर्वाचनमा पत्तासाफ गर्नु पर्ने बताए ।

कार्यक्रममा कांग्रेस नेता निधिसहित नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य, पुर्व मन्त्री रामेश्वर राय, कांग्रेस नेतृ एवं पुर्व मन्त्री चन्दा चौधरी, कांग्रेसका पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ लगाएत सहभागी भएका थिए ।

माओवादी केन्द्र बरहथवाका नगर अध्यक्ष सुमन थापाको अध्यक्षता, प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेन्द्र साह, प्रदेश(क) डिल्ली प्रसाद उप्रेती, प्रदेश(ख) हरेश महतो, मित्रवत प्रतिस्पर्धी (ख) कौशल राय, चक्रघट्टा गाउँपालिकाका निवर्तमान अध्यक्ष विक्रम राय, नेपाली कांग्रेस सर्लाहीका सभापती सुरेन्द्र प्रसाद सिंह, नेकपा(एकिकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य सियाराम कुशबाहलगाएतका नेता कार्यकर्ताहरुको सहभागीतामा भएको कार्यक्रमका बक्ताहरुले संविधान, संघियता, समृद्धि र मधेशको विरोधमा एमालेले गठबन्धन गरेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

२०७९ आश्विन ३, सोमबार १०:१३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते