मैनाली समाज नेपाल सर्लाहीको १० औँ वार्षिक साधारणसभा सम्पन्न

लालबन्दी । मैनाली समाज नेपाल जिल्ला कार्य समिति सर्लाहीको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समितिका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षतामा ईश्वरपुर नगरपालिका ६ स्थित गल्ला व्यापार संघको सभा हलमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको अवसरमा नारायण माध्यमिक विद्यालय बयलवासका ६ देखि १० कक्षासम्मका एक जना छात्र, एक जना छात्रा गरी १० जना जेहेन्दार तथा अतिविपन्न विद्यार्थीलाई जनही ५ हजार नगदसहित कदर–पत्र प्रदान गरी सम्मान गरिएको समाजले जनाएको छ ।

त्यस्तै, मैनाली समुदायबाट गत वर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयतर्फ तीन जना र निजी विद्यालयतर्फ दुई जना गरी ५ जनालाई पनि नगद तथा कदर–पत्रबाट सम्मान गरिएको कार्य समितिका सदस्य डिल्लीप्रसाद मैनालीले जानकारी दिनुभयो । मैनाली समाज नेपालले एक घर एक आजिवन सदस्य प्रदान गर्ने अभियान अन्तर्गत हालसम्म २८४ जनाले आजिवन सदस्यता लिएका जनाएको छ ।

सभामा एक वर्षभित्र ११ जना दिवंगत मैनाली बन्धुहरुप्रति श्रद्धासुमन व्यक्त गरिएको छ । समाजले सामाजिक कार्य अन्तर्गत निकट भविष्यमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा लालबन्दीस्थित निर्माणाधीन राधाकृष्ण वैदिक गुरुकुलमको भवनका लागि आर्थिक सहयोग गर्ने सभाबाटै निर्णय गरेको समाजका उपाध्यक्ष विष्णुहरि मैनालीले बताउनुभयो ।

सभामा नारायण मा.वि.का प्रधानाध्यापक फणिराज बराल, कुटुमेली समाजका सुशीलकुमार थपलिया, शिवकृष्ण उप्रेती, उज्वल शर्मा, रत्न प्रसाई, खगेन्द्र पौडेललगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते
कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते