सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार बढ्यो

लालबन्दी : सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार भइरहेको पाइएको छ। वास स्थान र आहाराको खोजीमा जंगल आसपास रहेका बस्तीमा जंगली जनावर पस्न थालेपछि वन्यजन्तुको चोरी शिकार बढेको हो।

अहिले सर्लाहीको प्रायः वनक्षेत्रमा डढेलो लागेपछि जंगली जनावरको वास स्थान र आहाराको खोजीमा बस्तीमा पस्ने गरेको छ।

बरहथवा, हरिपुर, बागमती, लालबन्दी, हरिवन, ईश्वरपुरको वनक्षेत्रमा अवैध हातहतियार, करेन्ट र जालको प्रयोग गरी जंगली जनावर चोरी शिकार भइरहेको स्थानीयले बताएका छन्।

सब डिभिजन वन कार्यालय मुर्तिया र जानकीनगरका वन कर्मचारीको बेवास्ताका कारण वनक्षेत्रमा पर्ने जानकीनगर, शंकरपुर, सागरनाथ वन परियोजना, हजरिया, राजघाट, मुर्तिया घुर्कौली चुरेक्षेत्र लगायतको स्थानमा लोपोन्मुख प्रजातिका बँदेल, हरिण, नीलगाई, दुम्सी, मृगलगायत वन्यजन्तुको अवैध चोरी शिकार बढ्दै गइरहेको स्थानीयको दाबी छ।

उनीहरूका अनुसार वन कर्मचारीकै मिलेमतोमा वन्यजन्तु चोरीतस्करी हुने गरेको छ। वन्यजन्तुको चोरी तस्करी रोक्न सम्बन्धित निकायले खासै निगरानी नगरेको स्थानीय बताउँछन्।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख (डीएफओ) मञ्जुर अहमदका अनुसार वन्यजन्तु चोरीशिकारमा वनकर्मचारीको कुनै किसिमको संलग्नता छैन ।  उनका अनुसार वन्यजन्तुको चोरी तस्करी रोक्न वन कर्मचारी खटिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आज माघ ४ गते बुधवारको राशिफल

आज माघ ४ गते बुधवारको राशिफल

२०७९ माघ ४, बुधबार ०६:२५ गते
एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

२०७९ भाद्र १०, शुक्रबार १३:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते