दशैंको पहिलो दिन आज घटस्थाना, घरघरमा जमरा राखिदैं

हेटौंडा । नेपालीहरुको महान चाड दशै आजबाट सुरु भएको छ । विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । नेपाल पञ्चाङ निर्णायक समितिले जमरा राख्ने उत्तम साइत बिहान १० बजेर २३ मिनेटमा रहेको जनाएको छ । जमरालाई घरको पूर्व दिशातिर फर्काएर स्थापना गरेमा शुभ रहने पनि समितिले जनाएको छ ।

जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूणर् घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ ।

टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।घटस्थापनाको दिन नवरात्र शुभारम्भ भएको मानिन्छ । नौ दिनसम्म दुर्गा भवानीको विभिन्न रुपमा पुजाआजा गरिन्छ । दुर्गा भवानीले राक्षस महिषासुरसंग नौ दिनसम्म युद्ध गरी बिजयी प्राप्ती गरेकोमा हरेक वर्ष घटस्थापनादेखि ९ दिनसम्म देवी भवानीको पुजाआजा गरिन्छ । भोलीपल्ट बिजया दशमीका दिन दुर्गामाताको बिजयी उत्सबस्वरुप हरघरमा टिका , जमरा र मिष्ठान्न भोजन ग्रहण गरी नेपालीहरुले दशैं मनाउने प्रचलन छ । यसपटक दशैंको शुभसाइत ११ बजेर ५१ मिनेटमा नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

२०७९ पुष १५, शुक्रबार ०९:४१ गते
गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

२०७९ कार्तिक २४, बिहीबार १०:५९ गते
आयातमा नगद मार्जिनको प्रावधान यथावत

आयातमा नगद मार्जिनको प्रावधान यथावत

२०७९ मंसिर १२, सोमबार १०:४३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते