- भक्ती रिजाल, हरिवन ।
नेकपा माओबादी (केन्द्र) निकट बिद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले सर्लाहीकाे इश्वरपुर नगरपालिकामा रहेको नारायण जनता बहुमुखी क्याम्पसमा आज सम्मेलन सम्पन्न गरेको छ ।
सम्मेलनले दिपेन्द्र साहको नेतृत्वमा ५१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा बिन्द साह तथा सावन पासवान रहेका छ्न भने सचिब निकु कुमारी गुप्ता, सह- सचिब अनिल कुमार यादब, कोषाध्यक्ष श्रीकृष्ण सुबेदीलाइ चयन गरेको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बिनोद रेग्मीले जानकारी दिए ।
नरेश महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला अध्यक्ष रंजित सहनी चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्वबियु सभापति प्रेमराज दाहाल लगायतको उपस्तिथिती रहेको बताइएको छ ।