मोटरसाइकल दुर्घटनामा परि सर्लाहीमा २ जनाको मृत्यु

लालबन्दी : सर्लाहीको हरिपुर्वा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

बिहीवार अपराह्न ४ बजे वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ । मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खेतमा दुर्घटना हुँदा अन्दाजी बर्ष ३०/३२ र ४५/४६ को जस्तो देखिने दुई पुरूषको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको बताएको छ । हालसम्म शवको सनाखत भईनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही प्रमुख लेखनाथ मैनालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते