आज रामनवमी पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा

काठमाडौं : चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन्।

भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ।

उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ। ​कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ।

रामनवमीमारामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ। ​रामनवमीको अवसरमा उनको जन्मभूमि अयोध्या ‘भारत’ र ससुराली जनकपुर ‘नेपाल’ क्षेत्रमा उत्सव चल्छ।

काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ। रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ।

रामनवमीको अवसरमा विदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको निर्णय अनुरुप बिहीबार प्रदेशमा सार्वजनिक विदा दिइएको छ । हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने रामनवमीको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

२०८० फाल्गुन २७, आईतवार १९:२४ गते
आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

२०८० असार ४, सोमबार ०७:०९ गते
चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

२०८० मंसिर २२, शुक्रबार ११:४० गते
नदीमा हामफालेर एक व्यक्ति फरार

नदीमा हामफालेर एक व्यक्ति फरार

२०७९ भाद्र १०, शुक्रबार १३:१८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते