कांग्रेसको क्षेत्रीय कमिटिद्वारा वडा उपसभापति प्रसाईंलाई श्रद्धाञ्जली अर्पण

लालबन्दी : नेपाली कांग्रेसको क्षेत्रीय कमिटिले बिहिवार श्रद्धाञ्जली कार्यक्रम गरेको छ । सर्लाहीको हरिपुरमा कार्यक्रम गरिएको हो ।

गएको १४ गत्ते ३८ बर्षको अल्पायुमै मृत्यु वरण गरेका हरिपुर नगरपालिका वडा नम्बर २ का वडा उपसभापति टंक प्रसाईंको घरमै पुगेर कांग्रेसको क्षेत्रीय कमिटिले श्रद्धाञ्जली अर्पण गरेको महाधिवेशन प्रतिनिधि योगराज देवकोटा (युवराज) ले जानकारी दिनुभयो । श्रद्धाञ्जली अर्पणका लागी संबिधानसभा सदस्य रामचन्द्र चौधरी, महाधिवेशन प्रतिनिधि युवराज, क्षेत्रीय सभापति हरि लुंगेली, जिल्ला सह–सचिव ईन्द्र योञ्जन, क्षेत्रीय कोषाध्यक्ष सालिग्राम लम्साल, क्षेत्रीय सचिव चेत बहादुर खड्का, सुर्य चालिसे, देवराज प्रसाईं, शुसिल चौधरी लगाएतका कांग्रेस नेताहरु मृतक प्रसाईंको घरमा पुगेका थिए ।

साथै मृतक प्रसाईंको एक सन्तानलाई एभरेष्ट बोर्डिङ स्कुल लालबन्दीले निशुल्क अध्यापन गराउने भएको छ । हरिपुर नगरपालिकाका नगरप्रमुख एवं कांग्रेस नेता गोपाल पंजियारले मृतक परिवारलाई सहयोग स्वरुप एक सन्तानलाई कक्षा १० सम्म निशुल्क पढाउने घोषणा गर्नुभएको वडा सभापति सुवेधिले जानकारी दिनुभयो ।

मृतक प्रसाईंको ८ बर्षको छोरा र ५ बर्षको छोरी गरि २ सन्तान छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते