लालबन्दी : मधेश प्रदेश सांसद बेची लुंगेलीले आज मंगलवार लालबन्दीका एक बृद्धलाई भेट गर्दै कम्बलसहित न्यानो कपडा वितरण गर्नुभएको छ ।
सर्लाहीको लालबन्दी ६ मा बस्ने माईला दाई भनेर चिनिने बिर बहादुर तामाङ्गलाई न्यानो बितरण गर्नुभएको हो । यो चिसोमा ज्यान जोगाउनै कठिनाई परिरहेको अवस्थामा तामाङलाई सांसद लुंगेलीले भेट्नु भएको हो । तामाङलाई जिल्लाकै ब्यस्त बजारका रुपमा चिनिने लालबन्दी बजारलाई स्थापनाकालदेखि नै ब्यवस्थीत बनाउने कार्यमा अग्रणि भुमिका खेल्ने ब्यक्तिका रुपमा चिनिन्छ ।
८० औं बशन्त पार गरिसकेका तामाङको खुट्टा भाँचिएका कारण २ बर्षदेखि हिँडडुल गर्न समेत नसक्ने अवस्था रहेको थाहा पाएपछि सांसद लुंगेली भेट्न पुग्नुभएको हो ।