एमाले उपाध्यक्ष बादललाई मातृशाेक

हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ

उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।

दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया