प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा थापा चयन

क्षितिज विश्वकर्मा, लालबन्दी : प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा पत्रकार सिंग बहादुर थापा (श्रवण) चयन भएका छन ।

बुधवार जिल्लाको बागमति नगरपालिकास्थित बागमति भ्यु रिसोर्टमा भएको बिशेष जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो । ‘सम्पूर्ण जनपक्षिय पत्रकार एक हौं’ भन्ने मुल नारा बोकेको जनपत्रकार संगठन जिल्ला समन्वय समिती सर्लाहीको १५ सदस्यीय नयाँ कार्यसमितीको उपाध्यक्षमा सर्मिला रमौली मगर, सचिवमा राधेश्याम कुशवाह, सहसचिवद्वयमा सलिना मगर र जितेन्द्र कुशवाह, कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरुमा चन्द्रवहादुर जिम्वा, शिवकुमार कुशवाह, हरि निरौला, मंन्दिरा लामिछाने चयन भएका छन् । त्यस्तै, जितेश यादव, अविशेष यादव, अनिता साह पनि संगठनको सदस्यमा चुनिएका छन ।

सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै, नेकपा (माओवादी केन्द)का पोलिटव्यूरो सदस्य उच्युतम काफ्लेले दलिय राजनीतिक वातावरणमा नेपाली प्रेस विभाजित हुनु स्वभाविक भएपनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नेपाली समाजले सवैभन्दा वढी विश्वास गर्ने प्रेस जगत नै भएकोले पत्रकारको आचरण खराव भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो ।

त्यसैगरि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले प्रेस संगठन सर्लाहीका पूर्वअध्यक्ष शंकर पहाडी संगठनको हीत विपरितको क्रियाकलापमा लिप्त भएकोले उनी नेतृत्वको प्रेस सेन्टर नेपाल, सर्लाही जिल्ला समिति भंग गरिएको बताउनुभयो । उहाँले, पत्रकारिताको धर्म निर्वाह नगर्ने व्यक्तिहरुको सेन्टरमा स्थान नभएकोसमेत बताउनुभएको थियो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनार्धन पोखरेलले स्थानिय व्यापारीलाई धम्क्याउने, अवैध असुली गर्ने, नगरपालिकाका कर्मचारीलाई आफुले सिफारिस गरेका व्यक्तिलाई नोकरीमा राख्न दवाव दिने जस्ता कार्य निर्वतमान अध्यक्ष शंकर पहाडीले गरेको प्रमाणित भएपछि विशेष जिल्ला सम्मेलन गर्न बाध्य भएको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्री, पूर्व अध्यक्ष शंकर श्रेष्ठ, नेपाल प्रेस यूनियनका अध्यक्ष कृष्ण थपलिया, फोनिज, सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकी, प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटालगायतका पत्रकारले सम्मेलनको सफलताका लागि शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

डिजेल, पेट्रोलको मूल्य बढ्यो

डिजेल, पेट्रोलको मूल्य बढ्यो

२०७९ माघ २४, मंगलवार ०९:१० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते