विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

सर्लाही : निर्वाचनको समयमा आलोपालो गरी नियमित विद्यालय सञ्चालन गर्नुपर्नेमा सर्लाहीका कतिपय विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू विद्यालय बन्द गरी भोट माग्नमा व्यस्त भएका छन्।

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ४ कविलासीस्थित श्री प्राथमिक विद्यालय कविलासीका प्रधानाध्यापक रामेश्वर यादव बिना सूचना विद्यालय बन्द गरी सर्लाही क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महिन्द्र राय यादवको हरिपुर्वामा आयोजित चुनावी सभामा सहभागी भए ।

बिना सूचना विद्यालय बन्द गरेपछि विद्यालय पुगेका विद्यार्थी विद्यालयको मूल गेटमा ताल्चा लागेको देखेर घर फर्केका थिए। सोमबार विद्यालयमा कुनै बिदा नदिएको पर्सा गाउँपालिकाले जनाएको छ।

निर्वाचनको समयमा आलोपालो गरी नियमित रुपमा विद्यालय सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए। थाहा खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज फागुन ९ गते मंगलवारको दैनिक राशिफल

आज फागुन ९ गते मंगलवारको दैनिक राशिफल

२०७९ फाल्गुन ९, मंगलवार ०६:४३ गते
आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

२०७९ पुष २१, बिहीबार ०६:२० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते