लालबन्दीमा बजार बिस्तारसम्बन्धि अन्तरकृया गरियो

लालबन्दी । सर्लाहीको लालबन्दीमा शनिवार बिहान यस क्षेत्रका ब्यापारीहरुसँग बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय मलंगवाको आयोजनामा लालबन्दी उद्योग वाणिज्य संघको कार्यालयमा कार्यक्रम गरिएको हो । सो अन्तरक्रिया कार्यक्रममा व्यवसायीले गर्नुपर्ने कार्यका विषयमा, उद्योग, व्यवसायको दर्ता, बजार विस्तार लगाएतका सम्बन्धमा घरेलुु तथा साना उद्योग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख गुप्ताले उद्योग दर्ता पछि समयमै नवीकरण गरेर लाग्ने जरिवानाबाट बच्न व्यवसायीलाई आग्रह गरेका थिए । उद्योग वाणिाज्य संघ लालबन्दीका तृतीय उपाध्यक्ष महेश कुमार महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका महासचिव रामप्रसाद देवकोटाले व्यवसाय सुरू गर्नु पूर्व र पछि व्यवसायीले गर्नुपर्ने कार्य तथा व्यवसाय छनौटका विषयमा समेत कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका कोषाध्यक्ष सुवास दाहाल, सदस्य भरतकुमार दाहाल, कार्यालयका कर्मचारी र लालबन्दीका ब्यापारिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

२०८० चैत्र २३, शुक्रबार २२:३९ गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते