बरहथवामा वातावरण मैत्री साइकल यात्रा सम्पन्न

बरहथवा : सर्लाहीको बरहथवाका बिद्यार्थी तथा शिक्षकले शनिवार वातावरणमैत्री साईकलयात्रा गरेका छन । बरहथवा १० सितापुरमा रहेको श्री महेन्द्र रत्न जगरनाथ लक्ष्मीनिया मा.वि का शिक्षक, बिद्यार्थीले साईकलयात्रामा सहभागीता जनाएका थिए ।

उनिहरुले बिद्यालयबाट सुरु गरेको सो यात्रा बरहथवा, सोल्टी बजार, बागमति माछा पोखरी (भरत ताल) हुँदै पर्यटकिय क्षेत्र नुन्थरसम्म पुगेर मुर्तियाको बिहानी बन, मुक्तेश्वरनाथ मन्दिर हुँदै पुनः बिद्यालय प्रांगणमा पुगेर समापन भएको सो बिद्यालयका शिक्षक शम्भु कुमार रायले जानकारी दिनुभयो । सो यात्रामा बिद्यालयका शिक्षक, बिद्यार्थी गरि १६० जनाबढिले करिव १५० किलोमिटर साईकल यात्रा गरेका थिए ।

बिहानको ७ बजेबाट बेलुकी साँडे ५ बजेसम्म यात्रा गरेका यात्रीले आफुहरुको साईकल यात्रा निकै रमाईलो र उत्साहजनक रहेको बताएका थिए । उनिहरुले बिद्यालयले बिद्यार्थीलाई कितावी ज्ञानमात्रै भन्दा पनि यस्ता अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउनुपर्ने धारणा समेत ब्यक्त गरेका थिए ।

यात्रामा सहभागीहरुले त्यस्तै प्रकारका व्यवहारिक अतिरिक्त क्रियाकलापमा सहभागी गराएमा आन्तरिक पर्यटनलाई टेवा पुग्ने धारणा ब्यक्त गरेका साइकल यात्राका संयोजक एवं सहायक प्रधानाध्यापक राम वचन रायले बताउनुभयो ।

सो साईकल यात्राको नारा “Zero expense, equitable & eco-friendly cycle tour 2079” रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते