सासापुर स्वास्थ्य चौकीमा क्यान्सर रोग पहिचानसम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

हरिवन । सर्लाहीको हरिवन ४ सासापुरमा रहेको सासापुर स्वास्थ्य चौकीमा बुधवार पाठेघरको मुखको क्यान्सर रोग पहिचानसम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा बिभाग, परिवार स्वास्थ्य महाशाखा काठमाण्डौँको प्राबिधिक सहयोगमा स्वास्थ्य तथा सामाजिक बिकाश शाखा हरिवन नगरको आयोजनामा कार्यक्रम गरिएको हो ।

स्वास्थ्यचौकि ब्यबस्थापन समिति तथा वडा नम्बर ४ का वडा अध्यक्ष केशब थापाको अध्यक्षता एवं धुलिखेल क्यान्सर हस्पिटलका क्यासर रोग विशेषज्ञ डाक्टर सुलिना शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हरिवन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरिले जानकारि दिनुभयो । कार्यक्रममा डा. शाक्यले पाठेघरको मुखको क्यान्सर रोगको प्रकार, लक्षण, उपचारको विधि पद्धति लगाएतका बारेमा जानकारी दिनुभएको थियो । उहाँले कार्यक्रममा सहभागीहरुलाई रोग लागेपछि उपचार गराउनुभन्दा प्रत्येक ६/६ महिनामा चेकजाँच गराई रोग लाग्नबाटै बच्नु उत्तम हुने बताउनुभयो । उहाँले क्यान्सर रोगका बिरामिमध्ये सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सरबाट महिलाहरुको ज्यान जाने गरेको तथ्यांकले देखाउने गरेको जानकारी गराउनुभयो ।

महिलाहरुले अझैपनि चेतनाको अभावकै कारण रोग परिक्षण गर्न लाज र संकोच मान्ने गर्दा समयमै रोग पहिचान र उपचार हुन नसक्ने र सोहि कारण महिलाहरुको अकालमै ज्यान जाने गरेको बताउँदै डा. शाक्यले बिशेषगरि ४५ बर्ष उमेर पार गरिसकेका र महिनावारि सुक्न लागेका, रोकिईसकेका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको पाईएको बताउनुभयो ।

त्यसैगरि परिवार कल्याण समाज काठमान्डौँका कार्यक्रम प्रमुख कबिता अर्यालले पाठेघरको मुखको क्यान्सर भए नभएको थाहा पाउन अब टाढाका महङ्गा हस्पिटलमा जानु नपर्ने भन्दै नेपाल सरकारले मधेश प्रदेशको हरिवनलाई विशेष प्राथमिकतामा राखेर रोग पहिचान गर्ने उपकरण र क्यान्सर रोगका बिरामि सेक्ने मेसिन उपलब्ध गराएकाले निर्धक्क भएर सासापुर स्वास्थ्य चौकीमै सेवा लिन आग्रह गर्नुभयो । उहाँले बेलाबेलामा पाठेघरको परिक्षण गरे रोग लाग्नबाट बच्न सकिने र उपचारको आर्थिक भारबाट पनि मुक्त भईने बताउनुभयो ।

रोगको पहिलो लक्षण भनेको महिलाको यौनाङ्गमा पानीको मात्रामा कमि आउनु, बेला बेलामा रगत जस्तो देखिनु, तल्लो पेट दुख्नु, गन्हाउने पानी बग्नु लगाएत हो । हरिवन नगरपालिकामा मात्रै ५८ जना क्यान्सरका रोगि फेला परेको छन । ति मध्ये ३५ जनामा पाठेघरको मुखको क्यान्सर भएको पाईएको छ ।

अभिमुखिकरण कार्यक्रममा सहभागी सहभागीहरु । तस्विर : प्रेमनाथ पौडेल

कार्यक्रममा हरिवन नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरु, युवा क्लका सदस्य, पदाधिकारीहरु, शिक्षिकाहरु, महिला संजालका प्रतिनिधिहरु लगाएतको सहभागीता रहेको थियो ।

अहेव दिनेश कुमार साहले संचालन गरेको कार्यक्रममा स्वास्थ्य चौकि इन्चार्ज मोहन घिसिङ्गले स्वागत मन्तव्य राखेका थिए भने मेडिकल सुपरिटेन्डेन्ट बिकाश देवले कार्यक्रमको उद्देश्यको बारेमा प्रस्ट्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

२०८० श्रावण ६, शनिबार ०८:१९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते