स्वास्थ्य चौकी परवानीपुरमा ल्याव टेष्ट सेवा सुरु

क्षितिज विश्वकर्मा, लालबन्दी : सर्लाहीको परवानीपुरमा रहेको स्वास्थ्य चौकी परवानीपुरमा बिहिवारबाट प्रयोगशाला (ल्याव) संचालनमा आएको छ ।

स्वास्थ्य चौकीको परिसरमा भएको एक औपचारीक कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य हेम कार्किले रिबन काटेर ल्यावको शुभारम्भ गर्नुभयो । लालबन्दी नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १५ का वडाध्यक्ष गोरख बल, लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका सह–ईन्चार्ज सुरेन्द्र खतिवडा, वडासदस्यहरु कल्पना सार्कि, तिलक घलान, सुर्य जिम्बा, नेकपा एकिकृत समाजवादीका नेता उद्धव पाठक, माओवादी नेता कृष्ण गौतम, राजु बुडाथोकीलगाएत स्थानिय सेवाग्राही एवं समाजसेवीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै श्री डिम जनता माबिका प्रधानाध्यापक ध्रुव भण्डारीले स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएकोमा खुसि ब्यक्त गर्नुभएको थियो ।

त्यसैगरि वडा नम्बर १५ का वडाध्यक्ष बलले आफ्नो वडाको समेत सहयोगमा ल्याब संचालनमा आएको हुँदा यसबाट लाभ लिन वडाबासिलाई आग्रह गर्नुभयो । उहाँले वडा नम्बर १५ ले ल्याव संचालका लागी आवश्यक सामाग्री ब्यवस्थापन गर्ने र १६ ले सेवा सुचारु गर्न आवश्यक प्रबन्ध मिलाउने गरि समन्वय भएका कारण ल्याब सेवा सुचारु गर्न सफल भएको बताउनुभयो । परवानीपुरमै ल्याब सेवा संचालन हुँदा आफ्नो वडाका चुरे भेग र बिकट बस्तिका वडाबासिलाई अत्यन्तै लाभदायी हुने वडाध्यक्ष बलले बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लालबन्दी नगर स्वास्थ्य शाखाका सह–ईन्चार्ज खतिवडाले परवानीपुर स्वास्थ्य चौकीलाई ल्याव संचालन गर्न सफल भएकोमा बधाई दिँदै नगर स्वास्थ्य शाखाबाट गर्नुपर्ने सबै सहयोग रहने बताउनुभयो । उहाँले लालबन्दीमा नगरस्तरिय बृहत ल्याव संचालनको तयारी भईरहेको जानकारी गराउँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा लालबन्दी नगरपालिका र स्वास्थ्य शाखा तत्पर रहेको दाबि गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समितीका सदस्य कार्किले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरुले प्रभावकारी ढंगबाट सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले स्वास्थ्यका बिभिन्न बिधामा बिज्ञता हासिल गरि आयोग पास गरि आएका सरकारी स्वास्थ्यकर्मिलाई भन्दा बाटोमा सानो क्लिनिक संचालन गरेका संचालकहरुलाई आम मानिसले बिस्वास गर्ने वातावरण कसरी सिर्जना भयो भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्किले सरकारी निकाय भन्ने बित्तिकै नाक खुम्च्याउने परिपाटिलाई अन्त्य गर्नका लागी सबै स्वास्थ्यकर्मि र जनप्रतिनिधिहरु सचेत हुनुपर्ने जिकिर गर्नुभयो । स्वास्थ्य जस्तो संवेदशिल क्षेत्रमा बजेट कममात्रै बिनियोजन हुने गरेको तर्फ ईंकित गर्दै कार्किले आगामि बर्षहरुमा स्वास्थ्य क्षेत्रमा हुने लगानीमा बृद्धि गर्दै नियमित, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको समापन मन्तव्य राख्दै वडा नम्बर १६ का वडाध्यक्ष थापाले जनताको जनादेशलाई ध्यान दिँदै वडाबासिको चाहना बमोजिम स्वास्थ्य चौकीको सेवालाई स्तरोन्नती गर्दै लगीएको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीबाट २५ किसिमको स्वास्थ्य सेवाहरु प्रदान भईरहेको बताउँदै यहाँ ल्यावटेष्ट गर्ने ब्यवस्था भएपछि अन्यत्र पुगेर स्वास्थ्य जाँच र ल्याव टेष्ट गर्नुपर्ने खर्चिलो बाध्यता अन्त्य हुने बताउनुभयो । वडाध्यक्ष थापाले ल्याब टेष्टलाई प्रभावकारी ढंगबाट संचालन गर्नका लागी चाँडै नै टोल टोलमा पुगेर स्वास्थ्य जाँच गर्ने ब्यवस्था गर्न लागीएको समेत जानकारी दिनुभयो ।

१६ नम्बर वार्डमा रहेको स्वास्थ्य चौकीमा १५ र १६ कै लगानी र समन्वय रहने गरेको छ भने स्वास्थ्य चौकीबाट साबिक परवानीपुर गाबिसवासिले स्वास्थ्य सेवा लिईरहेका छन । बर्थिङ सेन्टरसमेत रहेको स्वास्थ्य चौकीमा ल्याव टेष्ट सेवा सुरु भएपछि बिहानैबाट स्वास्थ्य जाँच सेवा सुरु हुने स्वास्थ्य चौकी ईन्चार्ज हिमान्सु शेखर कर्णले जानकारी दिनुभयो । कर्णले सुगर, प्रेशरको जाँच खालि पेटमा गर्नु पर्ने भएकोले स्वास्थ्य चेक जाँच सेवा बिहानैबाट सुरु हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

२०८१ बैशाख १३, बिहीबार २२:०१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते