दूध बजारीकरणका लागि मधेश प्रदेश सरकारको बलबुताले भ्याएसम्म काम गर्ने : मन्त्री न्यौपाने

लालबन्दी । सर्लाहीका दूध उत्पादक सहकारी संस्थाले किसानबाट संकलन गरेर ल्याइएको दूध बिक्री व्यवस्था मिलाउन माग गरेका छन् ।

लालबन्दीमा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको उपस्थितिमा आयोजित दूध एवं डेरीसम्बन्धी नीतिगत व्यवस्थाबारे अन्तरक्रियामा सहभागी दुग्ध उत्पादन सहकारी संस्थाका पदाधिकारीले दूध बिक्री नहुँदा किसानलाई पुरानो भुक्तानी दिन नसकिएको र अहिले दूध नै उठाउनै नसक्ने अवस्था आएको गुनासो गरेका हुन् । जिल्ला दुग्ध उत्पादन तथा प्रशोधन सहकारी संघका अध्यक्ष लक्ष्मण पौडेलले दूध बिक्री नहुने समस्याले किसान तथा दुग्ध उत्पादक सहकारी संस्थाका पदाधिकारीले आत्मदाह नै गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । पञ्चायतकालमा खुलेका दुग्ध विकास संस्था (डिडिसी) का दूध संकलन केन्द्रले अहिले ठूलोमात्रामा उत्पादन भएको दूध उठाउन सक्ने क्षमता नै नराख्ने र किसानको दूध बिक्री नभएर जताततै छताछुल्ल भएको उहाँको भनाइ थियो ।

भोकभोकै गाई, भैँसी पालेर दूध उत्पादन गर्ने किसान दूध बिक्री नभएर तथा बिक्री गरेको दूधको पैसा नपाएर छटपटाइरहे पनि सरकारले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ ।

प्रदेश सरकारका मन्त्री न्यौपानेले किसानको समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । किसानको उत्पादनले बजार तथा मूल्य नपाएसम्म देश समृद्ध बन्न नसक्ने उहाँको भनाइ थियो ।

दूध प्रशोधन गरेर अन्य उत्पादन तयार गर्न तथा बजारीकरणका लागि प्रदेश सरकारको बलबुताले भ्याएसम्म काम गर्ने मन्त्री न्यौपानेले आश्वासन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते