बहुजन एकता पार्टीले ग¥यो डा. अम्बेडकर महापरिनिर्वाण दिवसको अवशरमा कार्यक्रम

  • क्षितिज बिश्वकर्मा

लालबन्दी : स्वतन्त्र भारतका लागी संबिधान निर्माण समितीका संयोजक एवं समाज सुधारक डाक्टर भिम राव अम्बेडकरको ६६ औँ पुण्य तिथि सर्लाहीको बरहथवामा पनि एक कार्यक्रम गरि मनाईएको छ । डा. अम्बेडकरको पुण्य तिथीलाई महापरिनिर्वाण दिवसका रुपमा भारत र नेपालमासमेत मनाउने गरिन्छ ।

बाबा साहेव पनि भनेर चिनिने डा. अम्बेडकरलाई दलितको आवाज शसक्त रुपमा उठाउने र दलित अधिकारका लागी लड्ने ब्यक्तिको रुपमा पनि चिनिन्छ । डा. अम्बेडकरलाई नै पथ प्रदर्शक मानेर उनको सिद्धान्तमा टेकेर नेपालमा बहुजन एकता पार्टी नेपाल नामक राजनितिक दल अस्वित्वमा रहेको छ । सोहि पार्टीले मंगलवार बरहथवामा एक कार्यक्रम गर्दै डा. अम्बेडकरको सम्झनामा महापरिनिर्वाण दिवस मनाएको हो ।

पार्टीका बरिष्ट नेता एवं संगठन प्रभारी राजाराम पासवानको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रन्जन लगाएतले संबोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष रन्जनले मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा बहुजन एकता पार्टी नेपालले बैचारिक रुपमा जित प्राप्त गरेको हुँदा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी भइ पार्टीलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिनुभएको थियो । उहाँले आफ्नो पार्टीलाई भोट दिने र नदिनेलाई समेत धन्यवाद ब्यक्त गर्दै पार्टीको सिद्धान्त र बिचारको बारेमा अन्तरक्रिया गर्न पुनः मतदाताको घर पुग्ने बताउनुभएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य जितेन्द्र राम, यसोदा तिमिल्सिना, शुबलाल राम, बिरेन्द्र राम लगायतका नेताहरु सहभागी थिए । कार्यक्रमको संचालन जिल्ला सदस्य बैधनाथ रामले गर्नुभएको थियो । कार्यक्रममा सम्यक संगित कलाका तर्फबाट अध्यक्ष उदय सहनी, सकुर भाट, संजय सावरियाँ, दिपेन्द्र महतो लगायतका कलाकारहरु समेत सहभागी भएका थिए ।

मंसिर ४ को निर्वाचनमा पार्टीका बरिष्ट नेता एवं सगठन प्रभारी पासवान सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको उम्मेदवार रहनु भएको थियो । सो क्षेत्रमा कांग्रेस छोडी स्वतन्त्र उम्मेदवारी दिएका डा. अमरेश कुमार सिंह विजयी हुँदा पासवानले ५ हजार १५८ मत प्राप्त गर्नुभएको थियो । बहुजन एकता पार्टीले प्रतिनिधि र प्रदेशसभामा गरि कुल २१ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको थियो ।

पार्टीको तर्फबाट आफ्नो धारणा राख्नुहुँदै बरिष्ट नेता पासवानले यसपालिको निर्वाचनमा प्रचार प्रसारमा कमि भएका कारण आफुहरुले कुनै सिट जित्न असफल भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

२०८० माघ २५, बिहीबार १६:३१ गते
पौष १६ गते शनिबारको दैनिक राशिफल

पौष १६ गते शनिबारको दैनिक राशिफल

२०७९ पुष १६, शनिबार ०७:०८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते