लालबन्दी : सर्लाहीको कौडेनामा लागु औषध दुव्र्यसनी बिरुद्ध जनचेतनामुलक कार्यक्रम गरिएको छ । स्थानिय तारापुञ्ज युवा क्लवको आयोजनामा कार्यक्रम गरिएको हो ।
कौडेना गाउँपालिका वडा नम्बर ६ सक्रौलमा ‘बिकृति बिसंगति बिरुद्धको हाम्रो अभियान, लागु औषध दुब्र्यसनमुक्त समाजको निर्माण’ भन्ने नारासहित कार्यक्रम गरिएको स्थानिय समाजसेवी युवा एवं कौडेना गाउँपालिकाको नगर प्रहरी धिरोज रायले जानकारी दिनुभयो । वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष किशोरी रायको उपस्थितीमा श्री जनता माध्यमिक विद्यालय इनर्वा सक्रौलका प्रधानाध्यापक नारायण महतो र नेपाल प्रहरीको सहियोगमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सो बिद्यालयका बिद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमका अवशरमा क्लवका अध्यक्ष धर्मेन्द्र सहनीसहित उपस्थित अतिथीहरुलाई खादा, माला लगाएर सम्मान समेत गरिएको थियो ।