हरिपुरमा ‘नगरस्तरीय खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड’ स्थापना

हरिपुर | सर्लाहीको हरिपुरमा ‘नगरस्तरीय खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड’ स्थापना भएको छ ।

बागमती सेवा समाजले त्यहाँ सञ्चालन गरेको खानेपानी आयोजनालाई दिगोपना र व्यवस्थित बनाउनका लागि हरिबहादुर थापाको अध्यक्षतामा १२ सदस्यीय बोर्ड स्थापना गरेको हो । खानेपानी आयोजना सञ्चालन भएका वडाका वडाअध्यक्षहरु, विभिन्न खानेपानीका उपभोक्ता समितिका सदस्यहरु, नगरपालिकाको खानेपानी तथा सरसफाई हेर्ने शाखाका कर्मचारीहरुसमेतको संलग्नतामा बोर्ड स्थापना गरिएको हो ।

विगतमा थुप्रै खानेपानीका आयोजनाहरु सञ्चालन भएको भएपनि सोको व्यवस्थापन हुन नसकेका कारण ती आयोजनाहरु अलपत्र परेका, बन्द भएका भन्दै आगामी दिनमा नगरभित्र सञ्चालन हुने खानेपानी आयोजनाहरुको दिगोपनाका लागि वोर्ड नै स्थापना गरिएको परियोजनाका प्रमुख किशोरचन्द्र उपाध्यायले बताए ।

नगरप्रमुख गोपाल पंजियारको अध्यक्षतामा हरिपुरको प्रेमलता होटेलमा भएको बोर्ड स्थापना कार्यक्रममा उपमेयर निलमदेवी राय, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

२०७९ कार्तिक २९, मंगलवार ११:५९ गते
धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

२०७९ पुष २०, बुधबार १४:३० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते