फोनिजले ग¥यो सांसद लुंगेलीसहित आदिबासी जनजाती सांसदहरुलाई सम्मान

जनकपुरधाम : नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश कार्य समितिले जनकपुरमा ‘आदिबासी जनजाति सांसदहरुको सम्मान तथा आदिबासी पत्रकारको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा सांसद बेची लुंगेलीसहितका सांसदहरुलाई सम्मान गरिएको थियो । मधेस प्रदेशमा १५ जना आदिबासी जनजाती सांसद रहेका छन । फोनिजको प्रदेश अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षता एवं मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोनिज संघीय समितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, फोनिज मधेस इन्चार्ज निरज पिठाकोटे, पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेशकुमार कर्ण, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनुषाकी अध्यक्ष जमुना भुजेल, पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झा, फोनिज मधेस प्रदेश उपाध्यक्ष प्रियासिंह थारु लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद बेची लुङ्गेलीले आदिबासी समुदायका लागि कानुन बनाउन नसकिएको स्वीकार गर्नुभएको थियो । त्यसैगरि मधेस प्रदेश सभाका सभामुख मण्डलले आदिबासी जनजातिका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न नसकिए सो अधिकार खोसिन सक्ने बताउनुभएको छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न अझै नसकिएकाले सो अधिकार कार्यान्वयन हुन नसकेमा अधिकार खोसिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।

सभामुख मण्डलले आदिबासी जनजातिको सवाल कार्यान्वयनका लागि आदिबासी सांसदले विधेयक ल्याएमा प्रदेश सभामा दर्ताका लागि आफूले पहल लिने विश्वास दिलाउनुभयो ।

https://www.youtube.com/watch?v=HvMTC-Xs-Z0&t=20s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते