लालबन्दी १६ मा अर्को बोरिङ

परवानीपुर । लालबन्दी नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाले बिकाश निर्माणका कामलाई यद्धस्तरमा अघि बढाएका छन ।

आफ्नो वडामा सडक स्तरोन्नती, ढलान र पिचको काम लगभग सिध्याईसकेका वडाध्यक्ष थापाको ध्यान पछिल्ला दिनमा किसानतर्फ गएको देखिएको छ । भोर्लेनीको पुछारमा सिँचाईको लागी बोरिङ गाडेर पानी निस्किएपछि हौसिएका वडाध्यक्ष थापाले वडाको बिच भागमा पर्ने महादेवस्थानबाट पश्चिम कालिञ्जोर खोला झर्ने बाटो नजिक अर्को बोरिङ गाड्ने कामको शुक्रबार सुरुवात गरे । हिन्दु परम्पराअनुसार पुजा गरेर बोरिङ गाड्न सुरु गरिएको योजनाको बजेट भने मधेश प्रदेश सरकारको हो ।

https://www.youtube.com/watch?v=9WFm8dFQAjs&t=161s

पिउने पानी तथा सिँचाईको लागी कालिन्जोर खोलाको पानीको भर पर्ने किसानको सिँचाई सुबिधाका लागी अहिले वडा नम्बर १६ लागी परेको छ । राम्रो धान, मकै र गहुँसहित ४ बालि हुने सो क्षेत्रमा पानीको प्रशस्त सुविधाका लागी वडाध्यक्ष थापाले बिभिन्न निकायमा पहल गरिरहेका स्थानिय बताउँछन ।

निश्कलंक छबि बनाएका वडाध्यक्ष थापा दोश्रो कार्यकालका लागी समेत लोकप्रिय मतसहित वडा नम्बर १६ को वडाध्यक्षमा विजयी भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते