प्रतिनिधि सभाकाे बैठक बस्दै , कार्यसूचिमा सत्य र निरुपण सम्बन्धि विधेयक

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदै छ ।

बिहान ११ बजे बस्ने बैठकमा न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रस्ताव पेस गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन समितिकी सभापति निरुदेवी जैरुले पेस गर्ने कार्यसूची पनि छ ।

साथै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको व्यहोरा जानकारी पनि गराउने छन् ।

सिरहा-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको यही भदौ ४ गते निधन भएपछि उनको स्थान हाल रिक्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

रियल मड्रिडको पुनरागमन जित

रियल मड्रिडको पुनरागमन जित

२०८१ श्रावण २०, आईतवार २१:४० गते
किन झमझमाउँछ हातखुट्टा !

किन झमझमाउँछ हातखुट्टा !

२०७९ माघ २०, शुक्रबार ०९:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते