सर्लाही प्रहरीद्वारा घरमा लुकाएर राखिएको हतियार बरामद

मलंगवा : घरमा लुकाइ राखिएको अवस्थमा सर्लाही प्रहरीले मलंगवाबाट अवैध हात हतियार बरामद गरेको छ ।

बुधवार सदरमुकाम मलङ्गवा नगरपालिका–१, भेडहियाका अवध रायको घरमा लुकाइ राखिएको अवस्थामा एक थान अटोमेटिक पेस्तोल, एक थान खुँडा र एक थान चक्कु बरामद भएको प्रहरीले जनाएको हो । सुराकीका आधारमा घर खानतलासि गर्दा अबैध ढंगले लुकाई छिपाई राखेको हातहतियार बरामद भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

प्रहरी पुग्नु अघिनै अबधको घर परिवारका सबै जना फरार रहेकाले कोही पक्राउ नपरेका जिल्ला प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिए । खानतलासिको क्रममा प्रहरीले अबधको आगनमा पार्किङ गरी राखिएको इन्जिन नम्वर केरमेट भएको र नम्वर समेत नखुलेको १५० सीसीको एक थान पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट घरधनी अवधका दुई छोरा इन्द्रजित र रञ्जितले नेपाल–भारत सीमा क्षेत्रमा अवैध गतिविधि गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको समेत खोजी भइरहेको सर्लाहीका प्रहरी एसपी सुवेदीले बताए । उनका अनुसार अवधको घरको अन्न राख्ने टिनको ड्रमभित्रबाट हतियार बरामद भएको हो ।

बरामद गरिएको हतियार र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखेर प्रहरीले थप अनुसन्धान सुरुगरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

२०८० आश्विन १८, बिहीबार २०:२३ गते
आजको राशिफल

आजको राशिफल

२०७९ भाद्र १३, सोमबार ०१:२६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते