राईगाउँमा ल्होछार मेला तथा साँस्कृतिक कार्यक्रम हुने

  • राजु तामाङ, बागमति ।

मकवानपुर जिल्लाको पुर्वी गाउँ बागमती गाउँपालिकाको राईगाउँमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (गरुड वर्ग) को शुभ अवसरमा यही माघ २२ गते सोमबार राईगाउँ बजारमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

स्थानीय राईगाउँ युवा क्लबको आयोजनामा हाम्रो संस्कृति हाम्रो शान, पर्यटन प्रवर्द्धनका लागि ल्होछार अभियान भन्ने नाराका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष तथा मेला संयोजक युवा समाजसेवी छवि बोम्जनले जानकारी गराए ।

ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा तथा विभिन्न खानाको स्टलहरु राखिने र थप मनोरञ्जनका लागि भने राष्ट्रिय चर्चित गायक/गायिकाहरु विशाल काल्तान, फुल कुमार बोम्जन, प्रकाश तितुङ, जीवन बोम्जन, रेश्मा बोम्जन, जितु लोप्चन, लक्ष्मी स्याङ्तान, सुमिना लो तथा नायिका सुनिता लुङ्बाको समेत प्रस्तुति रहने आयोजकले बताए ।

ल्होछार मेलाको सांस्कृतिक कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाउन र भरपुर मनोरञ्जन लिनका लागि सम्पूर्ण ल्होछार प्रेमी दर्शक महानुभावहरुलाई आयोजकको तर्फबाट निमन्त्रणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते
सुन तोलाको १ लाख १३ हजार ६ सय

सुन तोलाको १ लाख १३ हजार ६ सय

२०८० श्रावण ४, बिहीबार ११:१९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते