झिलिमिलीको पर्व तिहार

सर्लाही । दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त चाड तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड ।

हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । आज लक्ष्मी पूजाको दिन झिलीमिली बत्तिले घरहरु दुलही झैं चिटिक्क सिंगारिएका छन् ।

सडकसँगै घर एवं व्यावसायिक घराना समेत झिलिमिली पारिएका छन् । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पार्ने प्रचलन रहीआएको छ ।

साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको अजम्बरी अनुभूति प्रदान गर्दछ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।

यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश यो पर्वले दिने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

२०७९ मंसिर ६, मंगलवार ०८:३८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते