मकवानपुर बहुमुखी क्याम्पस देशकै योग्य नेतृत्व जन्माउने पवित्र थलो – बर्तौला

नेकपा एमाले, बागमती प्रदेश कमिटिका उपसचिव महेष बर्तौलाले मकवानपुर बहुमुखी क्याम्पस देशकै लागि योग्य नेतृत्व जन्माउने पवित्र थलो भएको बताउनुभएको छ ।

अनेरास्ववियु, क्याम्पस कमिटी, मकवानपुर बहुमुखी क्याम्पसद्वारा बिजयादशमी तथा शुभदिपावलिको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा बृहत् विद्यार्थी भेलामा बोल्दै मकवानपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट आंकाक्षी उम्मेदवार समेत रहेका बर्तौलाले यस्तो बताएका हुन् । बर्तौला सोही क्याम्पसका पुर्व बिद्यार्थी एवम् दुईपटक निर्वाचीत स्वबियु सभापती पनि हुन । मकवानपुर जिल्लाको विद्यार्थी राजनिती हुँदै अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष समेत भएका बर्तौला एमालेका आशा गरिएका युवा नेताभित्र पर्छन । आज बिहान अनेरास्ववियु, क्याम्पस कमिटीको कार्यक्रममा बोल्दै उहाँले ” मकवानपुर क्याम्पसले देश हांक्ने थुप्रै नेतृत्व जन्माएको र यसबाट उत्पादित नेतृत्वले सधैंभरी देशको पक्षमा गर्व गर्न लाएक काम गर्ने प्रतिबद्धता ब्यत्त गर्नुभयो ।”

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले मंसिर ४ को निर्वाचनमा नेकपा एमालेको बिजयले भएमा मात्र युवा विद्यार्थीको हितमा काम गर्न सकिने भएकोले निर्भिक भएर एमालेका उम्मेदवार जिताउन लाग्न अनुरोध गर्नुभयो ।

“विद्यार्थीहरु देशको भविष्य मात्र होइनन्, वर्तमानको साझेदार पनि हुन”- कार्यक्रममा बोल्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलले युवा विद्यार्थीको भावना र समस्या बुझ्ने पार्टी र उम्मेदवारलाई जिताउनु अपरिहार्य रहेको बताउनुभयो ।

अनेरास्ववियु, क्याम्पस कमिटिका अध्यक्ष प्रसिद्ध रेग्मिको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देल, अनेरास्ववियु सचिवालय सदस्य किसन घिसिङ, केन्द्रिय सदस्य, आशिष् अस्लामि मगर, जिल्ला अध्यक्ष भुवन मैनाली, प्रदेश सदस्य निशा पुडासैनी, क्याम्पस प्रमुख शंकर प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुखहरु यम सिलवाल, राम प्रसाद अधिकारी, रामेस्वर बराल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा लोकपि्रय गायक कमल क्षेतृले सांगीतिक प्रस्तुति दिनुभएको थियो भने विद्यार्थीहरुले बिभिन्न गितमा नृत्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन २६, शुक्रबार ०६:४१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते