पूर्व भूमिसुधार राज्यमन्त्री रायको आफ्नै सहयोगी (भान्से)ले हत्या गरेको खुलासा

सर्लाही । पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पूर्व मन्त्री रायको आफ्नो सहयोगी (भान्से)ले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार साँझ प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न पूर्व मन्त्रीको सहयोगी कबिलासि ३ घर भई हाल चन्द्रनगर १ रतनपुर बस्ने बर्ष २५ को राम उजैन राय र सोहि ठाउँका अर्का ४६ बर्षिय बिरेन्द्र रायलाई सार्वजनिक गरेको हो । गएको सोमबार साँझ हत्या गरिएका पूर्व मन्त्री रायको जग्गाको विवादकै कारण हत्या गरिएको खुलेको छ । पूर्व मन्त्रीकै सहयोगी भान्सेको रुपमा काम गर्ने राम उजैन रायले ८१ बर्षका रायलाई धारिलो हतियारले हानेर हत्या गरेका थिए । पछि उनैले स्थानीय र प्रहरीलाई खबर गर्दै ३ जना नचिनेका मान्छे आएका र आफुलाई माथी सुत्न जान भनेका, पछि आफुले हेर्दा पूर्व मन्त्री रायको हत्या भएको अवस्थामा देखेको बताएका थिए ।

खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली पुगेर अनुसन्धान थालेको थियो । पछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर सहितको टोली समेत आएर हत्याको अनुसन्धान कार्य गरेको थियो । घटना लगतै राम उजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाउँदा निरन्तर बयानमा कुराहरु बाझिएपछि पोलिग्राफ मेशिनबाट उनी सहित अन्य केही व्यक्तिहरुको बयान समेत परिक्षण गराईएको थियो ।

घटनाको तेस्रो दिनपछि मात्र पूर्व राज्य मन्त्री रायको हत्या गर्दा राम उजैनले लगाएको सेतो गञ्जी च्यातेर ३ वटा पोको पारेर बारी छेउको बाटोतर्फ फालिएको अवस्थामा प्रहरीले बरामद् गरेको थियो । त्यसपछि भने प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या राम उजैनले नै गरेको एकीन सहित थप अनुसन्धान अगाडी बढाएको हो ।

पक्राउ परेका दुवैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सर्लाही जिल्ला अदालतबाट सोमबार नै १० दिनको म्याद लिएर थप अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

सोनाम ल्होछार पर्व मनाइँदै

सोनाम ल्होछार पर्व मनाइँदै

२०७९ माघ ८, आईतवार ०७:१६ गते
महान् फुटबलर पेलेकाे निधन

महान् फुटबलर पेलेकाे निधन

२०७९ पुष १५, शुक्रबार ०७:०६ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते