दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

दाङ, ३ असोज ।
दाङमा २७ जना कैदीबन्दीको कैद मिनाह भएको छ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् । घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह गरेका र एक जनालाई आम माफी दिइएको हो ।
कैद मिनाह हुनेमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्धाका छन् । आम माफीसहित १५ जना कर्तव्य ज्यान मुद्धाका कैदीको बाँकी कैद मिनाह भएको जेलर खनालले जानकारी दिए । सवारी ज्यान अंगभंग, सवारी ज्यान, सवारी ज्यान तथा हातहतियार खरखजना, नकवजनी चोरी, सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग र बहुविवाह लगायतका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरबाट ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छिन् ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते