लालबन्दीमा दुर्घटना, मोटरसाईकलमा सवार २ जनाको मृत्यु

लालबन्दी : सर्लाहीको लालबन्दीमा आज (बिहिवार) बिहान सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।

बिहान साँढे सात बजेतिर मालबाहक ट्रकले सोहि दिशातर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईलमा रहेका दुबैजनाको घट्नास्थलमै ज्यान गएको हो । लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित राधाकृष्ण खेल मैदान नजिक पुर्व पश्चिम लोकमार्गमा एकै दिशातर्फ गईरहेको मोटरसाईकललाई ट्रकले ठक्कर दिएको र मोटरसाईकलले ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिएको हुन सक्ने ईलाका प्रहरी कार्यालय लालबन्दीका डिएसपी शान्ताराम कार्किले जानकारी दिनुभयो ।

प्रदेश २. ०३००१ ख ८१५ नम्बरको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा लालबन्दी ११ हिरापुरस्थित ससुरालीबाट महोत्तरीको गौसल्ला नगरपालिका ११ भरतपुर घर जाँदै गरेका अन्दाजी २९ बर्षका श्रवण कुमार महतो र उनको भतिज १२ बर्षिय बिक्रम कुमार महतोको घट्नास्थलमै ज्यान गएको हो । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवा लगीएको र मोटरसाईकललाई ठक्कर दिने ट्रक ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक कार्यालय सर्लाहीका प्रमुख लेखनाथ मैनालीले जानकारी दिनुभयो ।

मृतक महतो यहि साता बैदेशिक रोजगारीबाट घर फर्किएका र हिरापुरमा माईतीमै रहेकी श्रीमतिसहित अन्य आफन्त भेट्न ससुराली आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

२०७९ फाल्गुन २३, मंगलवार १०:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते