श्री ईन्द्रावति प्रावि कटहरबोटका प्रअ कार्किको बिदाई

परवानीपुर । श्री ईन्द्रावति जनता प्राथमिक विद्यालय कटहरबोटका प्रधानाध्यापक बलराम कार्किको बिहिवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १५ कटहरबोटमा रहेको विद्यालयमा बिगत ९ बर्षदेखि प्रधानाध्यापकको भुमिकामा रहेका कार्किलाई बिहिवार बिदाई गरिएको हो ।

नगरपालिकाले भन्ने गरेको प्रधानाध्यापक ब्यवस्थापनमार्फत उनको वडाकै अर्को विद्यालयमा सरुवा भएपछि कटहरबोटबाट बिदा गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर वाईबाको अध्यक्षता एवं वडाध्यक्ष गोरख बलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पुर्व अध्यक्ष लोक बहादुर खड्का, कांग्रेस नेता गणेश कार्कि, आधारभुत विद्यालय सतभैयाका प्रधानाध्यापक लैलेन्द्र चौधरी, भुमरा स्कुलका रुद्र बहादुर बस्नेतसहित अभिभावक एवं विद्यार्थीको उपस्थितीमा कार्किलाई विद्यालयबाट बिदा गरिएको कार्किको ठाउँमा गएका प्रधानाध्यापक कृष्ण प्रसाद धमलाले जानकारी दिनुभयो । कार्यक्रममा बिद्यालयको तर्फबाट मायाको चिनो, खादा, अबिर र फुलमाला लगाएर कार्किलाई बिदाई गरिएको थियो भने बिद्यार्थीहरुले पनि फुलमाला र अबिर टिका लगाएर शुभकामना/सद्भाव प्रकट गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पधानाध्यापक कार्किले आफुले विद्यालयलाई कठिन परिस्थितीमा सम्हालेको बताउनुभयो । उहाँले आफ्नो बर्कतले भ्याएसम्म आफुले विद्यालयलाई राम्रो गर्न र उत्कृष्ट बनाउन पहल गरेको जिकिर गर्नुभयो ।

त्यसैगरि प्रमुख अतिथी वडाध्यक्ष बलले कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक कार्किलाई वडाकै अर्को विद्यालयमा सरुवा भएकोमा सफलताको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले विद्यालयमा नयाँ हाजिर भएका प्रधानाध्यापक धमलाईलाई समेत विद्यालयमा स्वागत गर्दै शिक्षक कर्मचारीलाई अध्यापन पेशालाई आफ्नो जागीर मात्रै नभएर जिम्मेवारी र कर्तब्य सम्झेर काम गर्न आग्रह गर्नुभयो । हालको विद्यार्थी संख्यालाई हेर्दा अहिलेको शिक्षकहरुको संख्या काफि रहेको भन्दै उहाँले समय सापेक्ष शिक्षा र ब्यवहारीक ज्ञान प्रदान गर्दै बिद्यार्थीलाई उत्कृष्ट अंकका साथ पास हुनेगरि अध्यापन गराउन आग्रह गर्दै वडाध्यक्ष बलले यसपाली शिक्षक साथीहरुले मेहनत गरेर बिद्यार्थीहरुलाई राम्रोसँग पढाउन सके आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । विद्यालयमा राम्रो पढाई भएन, हेड मास्टरलाई विद्यालयमा कहिल्यै भेटिँदैन जस्ता थुप्रै गुनासो यहाँका स्थानियको आउने गरेको भन्दै वडाध्यक्ष बलले यसपाली राम्रो गर्न सके र आवश्यकता भए अर्को शैक्षिक सत्रदेखि वडाले नयाँ शिक्षक नियुक्ती गर्दै विद्यालयलाई अन्य आवश्यकक सबै सहयोग गर्ने उद्घोष गर्नुभयो ।

विद्यालय वरिपरिका ६/७ वटा गाउँका बिपन्न नागरिकका बालबालीका अध्ययन गर्ने विद्यालयमा प्रायः अभिभावकले पछिल्लो केहि बर्ष यता पढाईको गुणस्तर खस्किएको, प्रधानाध्यापक नियमित बिद्यालय उपस्थित नभएको, दिवा खाजाको राम्रो प्रवन्ध नभएको, अभिभावकको गुनासो सुनुवाई नभएको, खानेपानी, शौचालयको राम्रो प्रबन्ध नभएको लगाएतका गुनासो गर्ने गरेका छन । उनिहरुले आफुहरुको आर्थीक अवस्था कमजोर हुँदाहुँदै पनि राम्रो शिक्षा दिक्षाको लागी छोराछोरीलाई अन्यत्र पठाउन बाध्य हुनु परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

२०७९ कार्तिक २९, मंगलवार २१:०३ गते
जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

२०८० जेष्ठ २७, शनिबार १२:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते