कर्मचारीकाे तलब दिन विदेशबाट माग्नुपर्ने अवस्था आयाे : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको तलब दिन विदेशबाट माग्नुपर्ने भइसकेको बताएका छन् । देशको आम्दानी नभएको अवस्थामा पनि कर्मचारीहरुबाट काम हुन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।

उनले ब्यूरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि नबढ्ने स्पष्ट पारेका छन् ।

बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले देशको दुर्गतिको कारण पहिल्याउन आवश्यक रहेको पनि चर्चा गरेका छन् । उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘ब्यूरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोक्रेसी हो नि । उसले काम गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ, फर्किहाल्छ। कर्मचारीको सहयोग नभईकन देश अघि बढ्दैन ।’

उनले देशको दुर्गति हुनुको जिम्मेवारी राजनीतिक दल मात्रै हुन् कि ब्यूरोक्रेसी पनि हो ? यस विषयमा व्यापक छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९, शनिबार ०६:२७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते