हरिवनमा ३ ओटा ट्याक्टरमा ट्रकको ठक्कर, २ घाईते

लालबन्दी : सर्लाहीको हरिवनमा रोकि राखेको ट्याक्टरमा ट्रक ठोक्किँदा २ जना घाईते भएका छन । ट्रक चालक भने फरार भएका प्रहरीले जानकारी दिएको छ ।

बिहिवार मध्यराती पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हरिवन ११ ईन्दुशंकर चिनि मिलको गेट अगाडि उखु लोड गरि रोकि राखेको ३ ओटा ट्याक्टरमा कोकाकोला लोड भएको ट्रक ठोक्किएको थियो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख ५९०९ नम्बरको ट्रकको ठक्करबाट ना ५ त ८३७५ नम्बरको ट्याक्टर चालक बसबरिया गाउँपालिका १ बस्ने बर्ष ४० का राम बिराज राय र ना ६ त ४५३८ नम्बरको ट्याक्टर चालक चक्रघट्टा गाउँपालिका २ बस्ने बर्ष २४ का सुशिल कुमार यादव घाईते भएका छन ।

उनिहरुको अवस्था मध्यम रहेको, हरिवनस्थित नमुना अस्पतालमा उपचार भईरहेको र अवस्था सुधारोन्मुख रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ज १ त ९६०२ नम्बरको ट्याक्टर चालक भने सकुशल रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

२०८० कार्तिक २७, सोमबार १०:३२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते